कांग्रेसको क्रियाशील सदस्यता मिलाउन नयाँ मापदण्ड - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कांग्रेसको क्रियाशील सदस्यता मिलाउन नयाँ मापदण्ड


काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान नहुँदा अन्योलपूर्ण रहेको १४औं महाधिवेशन अब केही ढिला गरी भएपनि हुनेमा आशा जगाएको छ । शीर्ष नेताहरुबीच क्रियाशील सदस्यताको विवाद मिलाउन नयाँ मापदण्ड बनाउने सहमति बनेसँगै महाधिवेशनको प्रक्रिया शुरु गर्न सहज हुने देखिएको हो ।

शुक्रबार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि यस्तो सहमति बनेको हो ।

क्रियाशील सदस्यता छानविन समितिले करिब एक सय वडा तथा आधा दर्जन जिल्लाको विवाद समाधान गर्न नसकेपछि हिजो शिर्ष नेतालाई पाँच दिनभित्र विवाद टुंग्याउने जिम्मेवारी दिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौभित्रै महाधिवेशन सक्ने गरी विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको जानकारी दिए ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बारा, सप्तरी, धनुषा–४, सर्लाही–२ सहित १ सयभन्दा बढी वडा र अन्य दलबाट पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई सदस्य दिँदा देखिएको विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउने सहमति भएको बताए ।