जापानका पाँच शहरमा आपतकाल - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

जापानका पाँच शहरमा आपतकाल


काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि जापानले टोकियोसहित पाँच शहरमा आपतकालको घोषणा गरेको छ । चीबा, कनागावा, ओसाका र ओकिनावा शहरमा आपतकाल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले एक ट्वीटमार्फत जानकारी गराएको छ ।

होक्काइडो, क्योतो, इशिकावा, हयोगो र फुकौका लगायतका ठाउँमा संक्रमण नियन्त्रणमा राख्न सतर्कता उपाय कडाइका साथ लागू गर्ने जापान सरकारले जनाएको छ ।

टोकियो महानगर सरकारले गएको चौबीस घण्टामा तीन हजार ८ सय ६५ संक्रमित थपिएको जनाएको छ । जापानमा भने दश हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

ओलम्पिक खेलकूदका लागि टोकियो र ओकिनावामा लगाइएको आपतकाल भने अगष्ट २२ मै सकिने गरी घोषणा गरिएको थियो । तर दुवै शहरमा समेत लम्ब्याइएको छ ।