एसईईको नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

एसईईको नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ

शनिबार बसेको बोर्डको  बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । 

अघिल्ला बर्षको जस्तो यस बर्ष कति विद्यार्थीले कुन जीपीए ल्याए भन्ने बारे राष्ट्रिय परीक्षा बोर्डले छुट्याएको छैन । अघिल्लो बर्षको जस्तो राष्ट्रिय परीक्षा बोर्डले जीपीए छुट्याएर परीक्षाफल प्रकाशित नगरेको भए पनि अहिले बिद्यार्थीहरुको परीक्षाफल आन्तरीक मुल्यांकलबाट प्रकाशित गरेको हो । यो वर्ष चार लाख ८४ हजार २ सय ७८ बिद्यार्थीको नतिजा आज प्रमाणीकरण गरेको बताइएको छ ।

त्यस्तै बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने बोर्डले जनाएको छ ।

शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिएका छन् । कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहका परीक्षा स्थगित गर्न सिफरिस गरेको थियो।

"