राजदूत यान्छी सरकार परिवर्तन हुँदा खुशी ! - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

राजदूत यान्छी सरकार परिवर्तन हुँदा खुशी !


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबार स्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा यान्छीले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सँधै सकारात्मक रहेको बताइन ।

उनले नेपालको सरकार परिवर्तन हुँदा हामीले सकारात्मक रुपमै लिएको बताउँदै सरकारको सफलताको कामना गरिन् । उनले भनिन्, ‘नेपाल चीनको मित्रतालाई हामी कायम नै गर्न चाहन्छौ। नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधै सकारात्मक छ ।’

भेटका अवसरमा मन्त्री खाँणले भेटमा चिनियाँ सरकारले गर्दै आएको मानवीय सहयोगप्रति धन्यवाद दिए । उनले कोभिड विरुद्धको लडाइ र नागरिकको जीवन रक्षाको लागि उपलब्ध गराएको खोपको लागि बिशेष धन्यवाद दिए ।

नागरिकलाई खोप उपलब्ध गराउनु राज्यको दायित्व रहेको उल्लेख गर्दै मन्त्री खाँणले नेपाललाई अझै खोपको आवश्यकता रहेको र यसको लागि सरकार प्रतिबद्ध रहेको बताए ।

"