भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन नगर्न आदेश - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन नगर्न आदेश


काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयमा अल्पकालिन अन्तरिम आदेश दिएको छ । सरकारको सो निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै सर्वोच्चले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सो सम्वन्धमा अदालतले १ भदौमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । सरकारले आयोग विघटन गर्ने निर्णय गरेसँगै विघटित भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिट उपर सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । सो विषयमा दुबै पक्षसँगको छलफलपछि अदालतले खारेज गर्ने वा नगर्ने भन्ने विषयमा अन्तरिम आदेश दिने छ ।