एमालेमा अब नयाँ संरचना - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

एमालेमा अब नयाँ संरचना


काठमाडौं । नेकपा एमालेको विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटी बैठकमा पेश भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ संरचनामा अघि बढाउने प्रस्ताव अघि सारको थियो ।

सोमबार बसेको स्थायी कमिटी बैठकबाट प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीले अघि बढाएको हो। प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार विधान महाधिवेशनमा पेश गर्ने गरी प्रस्ताव अघि बढाइएको हो ।

प्रस्तावमा अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट छानिने व्यवस्था गरिने र अरु सबै पद केन्द्रीय कमिटीले छान्ने गरी विधान संशोधन अघि बढाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुनेगरी समावेशी प्रस्ताव अघि सारिएको छ । जसमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ । उपाध्यक्षको संख्या ५ बाट घटाएर दुईमा झारिएको छ भने सचिब पाँचबाट बढाएर सात पुर्याइएको छ ।

संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । ३५ सदस्यीय स्थायी कमिटी बनाउने प्रस्ताव गरिएको छ। सबै तहका कमिटीमा महिलाको ३३ प्रतिशत सुनिश्चितता विधानले गरेको छ ।

एमालेले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदलले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पनि गरेको छ ।

"