गायिका अञ्जु पन्तले विवाह गरेको चर्चा - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

गायिका अञ्जु पन्तले विवाह गरेको चर्चा


काठमाडौं । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले दोस्रो विवाह गरेकी छिन् ।
एक बर्षदेखि सम्बन्धमा रहेकी अन्जुले थिर कोइरालासँग बुधवार विवाह गरेकी हुन् ।

दुवैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।

छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण विवाहको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

भ्यालेन्टाइन डेका दिन अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएपछि भने उनीहरु नजिक भएका थिए ।