कांग्रेस सभापतिको मनोनय शुल्क ३० हजार - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

कांग्रेस सभापतिको मनोनय शुल्क ३० हजार


काठमाडौं । विहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा तीन वटा प्रस्ताव पेस भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेका छन्।

यस्तै, समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका छन् भने क्रियाशील छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेश गरेका छन्। जसमध्ये निर्वाचन समितिले बनाएको निर्देशिका पेश गर्दै महामन्त्री खड्काले बैठकमा महाधिवेशनमा मनोनयन शुल्क बढाउन प्रस्ताव समेत गरेका छन् ।

प्रस्ताव अनुसार सभापतिको मनोनय शुल्क ३० हजार, उपसभापतिको २५ हजार, महामन्त्रीको २५ हजार, सहमहामन्त्रीको २० हजार र केन्द्रीय सदस्यले १० हजार उम्मेदवार मनोनयन शुल्क बुझाउनुपर्ने प्रस्ताव गरिएको छ। त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि ५ हजार प्रस्ताव गरिएको छ भने केन्द्रीय महासमिति सदस्यका लागि ७ हजार प्रस्ताव गरिएको छ।

प्रदेश सभापतिको उम्मेदवारका लागि १५ हजार, जिल्ला सभापतिको उम्मेदवार बन्न १० हजार, प्रतिनिधि सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्न ७ हजार, प्रदेश सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्नका लागि ५ हजार प्रस्ताव गरिएको छ। गाउँ र वडा तहको शुल्क भने सबैभन्दा कम राखिएको छ । गाउँ नगर वडा कार्यसमितिको सभापतिको पदका लागि ५ सय प्रस्ताव गरिएको छ।