अफगानिस्तानमा ८२१ नेपाली सम्पर्कमा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

अफगानिस्तानमा ८२१ नेपाली सम्पर्कमा


काठमाडौं । पछिल्लो साता अफगानिस्तान तनावपूर्ण अवस्थामा रह्यो । विद्रोही तालिवान समूहले सत्ता कव्जा गरेसँगै अन्य देशबाट त्यहाँ गएर बसेका धेरै मानिसहरु फिर्ता भएका छन् । फिर्ता हुनेक्रम जारी छ । त्यहाँ अलपत्रमा परेका ८२१ नेपाली सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको छ । सम्पर्कमा आएका बाँकी ३१७ जनाको उद्धार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शनिबार टर्किस एयरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी जम्मा ३५ जनाको उद्धार गरी काठमाडौं ल्याएसँगै उद्धार गरिएको नेपालीको संख्या ५०४ जना पुगेको मन्त्रालयले जनाएको छ । शनिबार साँझसम्म कन्सुलर सेवा विभागमा ३१७ जनाले विवरण दर्ता गराइ सकेका छन् ।

नेपालीको उद्धारका लागि हाल उद्धारमा सहयोग गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालयका मध्यएशिया, पश्चिमएशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको शनिबार छैठौ बैठक सम्पन्न भएको थियो । बैठकले त्यहाँबाट उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसँगको समन्वयबारेमा छलफल भएको परराष्ट्र मन्त्रमलयले जनाएको छ ।

"