फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

भारतमा भएको मूल्यबृद्धीलाई देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । बृद्धी भएको मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यसअघि १२८ रुपैयाँ थियो ।

यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्यासको मूल्य बढेर प्रतिसिलिण्डर १ हजार ४५० रुपैयाँ पुगेको छ । ग्याँसमा २५ रुपैयाँ बढाइएको हो । बढेको मूल्य आजै सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।