नेकपाका प्रमुख सचेतक गुरुङ हटाइए, भट्टराई नियुक्त - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

नेकपाका प्रमुख सचेतक गुरुङ हटाइए, भट्टराई नियुक्त


काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् ।

शुक्रबार बालुवाटारमा भएको प्रदेश १ सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतक पदबाट गुरुङलाई हटाएका हुन् ।

ओलीले गुरुङको स्थानमा आफ्नो समूहका विशाल भट्टराईले प्रमुख सचेतक नियुक्त गरेका छन् । ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मनोनित गरेका हुन् ।

प्रतिनिसभा पुनःस्थापनापछि सरकार फेरिने चर्चा चलिरहँदा ओलीले दाहाल–नेपाल खेमाका देव गुरुङलाई प्रमुख सचेतक पदबाट हटाएका हुन् ।

"