‘प्रेमगन्ज’को एउटै गीतमा ३० लाख रुपैंयाँ खर्च - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

‘प्रेमगन्ज’को एउटै गीतमा ३० लाख रुपैंयाँ खर्च


काठमाडौं । २५ बर्षदेखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयाँलको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र “प्रेमगन्ज“ को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गीतमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो ।

फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गीतमा नायिका बेनिसा हमाल, सन्जोग रसाइलीसंगै अन्य एक हजार जना झुमेका थिए । गीतको कोरियोग्राफी वाईल्डरिपर्जले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो क्लब गितलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरुषोत्तम ढुङ्गेलले लेखेका हुन भने किरण भुसालले संगीत भरेका छन् ।

पहिलो लकडाउन पछि सुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउनसँगै रोकिएको थियो । अहिले लकडाउन केही लुज भएसंगै चलचित्रको छायांकन धमाधम भइरहेको छ । चलचित्रको सम्पूर्ण टिमलाई कोरोना खोपको सुबिधासहित होटेलमा राखिएको छ । चलचित्र युनिट सुरक्षित होस भनेरै सम्पूर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्रलाई सन्जय लामाले छायांकन गरिरहेका छन् भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।