सुदूरपश्चिममा १३ सासंदले छाडे एमाले - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

सुदूरपश्चिममा १३ सासंदले छाडे एमाले


काठमाडौं । सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ । यसअघि १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

आइतबार थप तीन जनाले सनाखत गरेका हुन् । आज आइतबार सनाखत गर्नेहरुमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङ रहेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै औपचारिक रुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एस पार्टी रोजेका हुन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा सनाखत गरेका थिए ।

विगतमा माधव समूहमा रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन । आयोगले दल रोज्न चाहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिएको छ ।