फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय


काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। सर्वोच्च अदालतले गत ११ फागुनमा संसद पुनर्स्थापनाको निर्णय गर्दा नै २४ गते भित्र संसद बोलाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद् बैठक बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। गत ५ पुसमा सरकारले मन्त्रीपरिषद् बैठकबाट नै संसद विघटन गर्ने निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा सोही दिनमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सरकारको निर्णयलाई सदर गरिदिएकी थिइन् ।

"

"