कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा परेको रिट खारेज - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा परेको रिट खारेज


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४ औं महाधिवेशन रोक्न माग गर्दै वैद्यले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

यता, कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत गाउँ नगर वडा अधिवेशन ५४ जिल्लामा सकिएको छ । शुक्रबारदेखि प्रारम्भ भएको अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको हो । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।