दशैं-तिहारमा ‘होण्डाको साथ ७’, १५ लाखसम्मको बम्पर पुरस्कार - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

दशैं-तिहारमा ‘होण्डाको साथ ७’, १५ लाखसम्मको बम्पर पुरस्कार


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ ग्राहकहरु माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने एक जनालाई रु एक लाख प्रदान गरिनेछ ।

यस योजनाको समय अविधिभर होण्डाका ग्राहकहरुले स्क्रयच कुपनमार्फत हात खाली नजाने गरी रु. १ लाखसम्म नगद उपहार प्राप्त गर्नेछन् । यसका साथै यस योजनाअन्तर्गत ग्राहकहरुले, सात वर्षको लागि स्पेयर पार्टस्मा सात प्रतिशत छुट, सात वर्षसम्मका लागि नौं वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजार रुपैंयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यति मात्र नभई यस योजनामा ग्राहकहरुले मात्र एक रुपैयाँको डाउन पेमेन्ट, एक रुपैयाँको इएमआइ र एक प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् ।

बम्परमा सहभागी एक जना भाग्यसाली ग्राहकहरुले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् । उक्त योजना सीमित अवधिका लागि मात्रलागू गरिएको छ ।