५ सय २३ कैदीहरूको बाँकी सजाय माफी मिनाह - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

५ सय २३ कैदीहरूको बाँकी सजाय माफी मिनाह


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ कैदीहरूको बाँकी सजाय माफी मिनाह गरेकी छिन् । मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरूको बाँकी कैद सजाय माफी मिनाह गरिएको हो ।

आइतबारदेखि लागू हुने गरी ८ जनाको सजाय माफी र ५ सय २३ जनाको कैद भुक्तानी माफी मिनाह गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजधारी कार्यविधि संहिता, ०७४ को दफा १५९ को प्रावधान अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।