पाँचखालमा हिमालयन रेन्जभ्यू रिसोर्टको जग्गा हडप्ने षडयन्त्र - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

पाँचखालमा हिमालयन रेन्जभ्यू रिसोर्टको जग्गा हडप्ने षडयन्त्र


रुपान्तरण सम्वाददाता 

पाँचखाल । पाँचखाल नगरपालिकामा रहेको रिसोर्टको १०० रोपनी जग्गालाई केही समयदेखि बिबादमा तान्ने प्रयत्न गरिएकोछ । जग्गा दलालहरु, मालपोतका कर्मचारी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुको मिलीमतोमा हदबन्दीमा रहेको उक्त जग्गाको नामसारीगर्ने प्रयत्न भै रहेको कुरा हाम्रो जानकारीमा आएको छ ।

मालपोत बिभागले २०७७ चैत ९ गते हदबन्दी छानबीन गरेपछि मात्र नामसारीेगर्ने निर्णय गरेको पत्र काभ्रे मालपोतलाई पठाएको थियो । बिभागको उक्त निर्णयको बिपरित अहिले मालपोत प्रमुख उत्तम घिमिरे आफैं नामसारी गराउने प्रयासमा लागेको बुझिएकोछ । यसबारे, अबिलम्ब सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

नेपाल ‘दलाली’ गर्नेहरुको कब्जामा गएको तथ्यलाई यस्तै घटनाले पुष्टि गर्दछन । जग्गा दलाल, मालपोतका कर्मचारी र सरकारी स्वामित्वको बैंक मिलेपछि जे पनि हुन्छ भन्दछन बुजु्रकहरु ।