तीन वटा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

तीन वटा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति


काठमाडौं । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ । त्यस्तै सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सोमबारको बसेको मन्त्रिपरिषद् बैठक रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वृीकत गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकका निर्णयहरु सुनाउँदै नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्यसम्पादन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले समाजकल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी तथा सदस्य सचिव पुष्कर खाती साथै सदस्यहरु नानीमाया थापा, मणिराम बञ्जारे, गोविन्दबहादुर शाही, व्रम्हधोज गुरुङ र सुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने तथा गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्रको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।