काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ‘होण्डाको फेस्टिभ बोनानजा’ ग्राहकवर्गहरु माझ ल्याएको छ ।
यस खुसीको उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी दुई लाखसम्मको नगद छुट, एक वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, एक वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, तीन वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, तीन वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नुहुनेछ । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुनेछ ।