प्रचण्डको दुःखः आफ्नै पार्टीका नेतासँग निराश - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

प्रचण्डको दुःखः आफ्नै पार्टीका नेतासँग निराश


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही महिना यता निराशजनक मन्तब्य दिइरहेका छन् । आफ्नो पार्टीमा देखिएको व्यथितिलाई लिएर उनी पार्टी विघठन गरौं समेत भन्न भ्याइसकेका छन् । पछिल्लो समय माओवादी नेताहरु बिग्रिन लागेको भन्ने अभिव्यक्ति प्रचण्डले दिने गरेका छन् ।

बिहीबार काठमाडौंमा पार्टीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले पार्टीभित्र पद नपाएर रोइलोको अवस्था रहेको उल्लेख गरे । प्रचण्डले आफूले मन्त्री बनाएकाहरुको दलालसँग साँठगाँठ रहेको पनि बताए ।

पार्टीको नेतृत्वमा पुगेकाहरु अवसरवादी बन्न पुगेको पनि उनको भनाइ थियो । पद, प्रतिष्ठा, पैसा, कमिसनको निम्ती दलाल पुँजीपतिका हितहरुप्रति बढी संवेदनशील भएका र आफ्नै वर्ग यो परिवर्तनको निम्ती त्याग गरेकालाई बिस्मृतिमा पारिएको उनको भनाइ थियो । ‘जो जतिलाई मैले मन्त्री बनाएँ, ती सब पतन भए,’ उनले भने । १५ वर्षयता क्रान्तिकारी चरित्रमा ह्रास आएको उनको दुखेसो थियो ।

आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमन भएको, संविधानका उपलब्धि उल्ट्याउने काम भएको, क्रान्तिकारी एजेन्डा, माओवादी आन्दोलन सिध्याउने, घेराबन्दीमा राख्ने र सखाप पार्ने काम उनको भनाइ थियो । माओवादी आन्दोलनको विरासत उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले भने, ‘अब फेरि लडाइँ गर्ने कि आत्मसमर्पण गर्ने भन्ने विकल्प थिए । आत्मसमर्पण त मैले गर्न सक्दैन । हजारौं सहिदहरुको ऋण मेरो टाउकोमा छ । मैले आत्महत्या गर्नुपर्ने थियो कि त लड्नपर्ने । अब लड्ने कि मर्ने ! मुक्ति वा मृत्युको ठाउँमा पुगेको देखेँ ।’

मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना भइरहेको समयमा उनले आफ्नो पार्टीभित्र मन्त्री नपाए रुने अवस्था सिर्जना भएको उनले बताए ।