एनआरएनएको चुनाव लडेर के फाइदा ? - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

एनआरएनएको चुनाव लडेर के फाइदा ?


-राजेश मिश्र
उपेन्द्र महतो र जीवा लामिछानेलाई मेरो एउटा साधारण प्रश्न छ। संसारभरिका मान्छे संसारभरी छरिएका छन्। एनआरएनको मात्र यत्रो कोकोहोलो किन ? तपाईंहरुले आफ्नो उद्देश्य पुरा गरिसक्नुभयो। अब नेपाली समुदाय फ़ुटाएको किन ? उपेन्द्र महतो गुपचुप आफ्नो काम गर्छन। जीवा लामिछाने त किताब लेख्छन पनि। उनलाई अलिकति सामाजिक उत्तरदायित्व भन्ने कुराको ख्याल होला। एनआरएन नामको बिउ रोपेर तपाईंहरुले जे गर्नुभो त्यो गर्नुभो त्यो बेला तपाईंहरुकै थियो। अब त्यो छैन।

अब न त्यो ब्यापार हुन्छ जो तपाईंहरुको हातमा त्यो बेला थियो ,न त्यो बेलाजस्तो मान्छे थिए नेपालमा जो त्यो बेला तपाईंका हातमा थिए अनि किन कोकोहोलो ? भनिदिए हुन्छ नि, हामीले जे गर्यौं गर्यौं, अब सजिलो छैन अब चुनाव लडेर फाईदा छैन। राष्ट्रपतिसंग फोटो खिचेर के फाईदा ? प्रधानमन्त्री आज हो कि भोली ? भंदिनुस यीनीहरुलाई समाज लडाएर फाईदा छैन। फ़ाईदा हामीले उहिले लिइसक्यौ। बुख्याँचा तिमीहरु नलडे हुन्छ। कमसेकम यति इमान्दारी त देखाउनुस।

"