कांग्रेस महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

कांग्रेस महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लाको वडा अधिवेशन छठअघि नै गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले मंगलबार पदाधिकारीसंग छलफल गरेर छठअघि नै अधिवेशन गर्ने गरी मिति तय गर्ने तयारी गरेको हो ।

क्रियाशील सदस्यता विवादका कारण १३ जिल्लामा अझै अधिवेशन प्रक्रिया सुरु हुनसकेको छैन् । कांग्रेसले सप्तरी, धनुषा, सिरहा, रौतहट, सर्लाही, बारा, पर्सा, महोत्तरी, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडाअधिवेशन गर्न सकेको छैन् ।

तीमध्ये रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद कायमै छ । आगामी १४ औं महाधिवेशन अन्तर्गत कांग्रेसले भदौ १८ देखि वडा अधिवेशन सुरु गरेको थियो । विभिन्न चरणमा ६४ जिल्लामा वडाअधिवेशन सम्पन्न भइसकेको छ । यस्तै, १३ वटा हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

कांग्रेसले मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेपनि सदस्यता विवादका कारण तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको छ ।