पूर्वराष्ट्रपति डा.यादव असन्तुष्ट - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

पूर्वराष्ट्रपति डा.यादव असन्तुष्ट


काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी गरे ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई सुझाव दिए ।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाए । उनले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । पूर्वराष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भिर नभएकोमा चिन्ता समेत व्यक्त गरे ।