प्रदेश १ र कर्णालीमा एकै दिन नयाँ मुख्यमन्त्री - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

प्रदेश १ र कर्णालीमा एकै दिन नयाँ मुख्यमन्त्री


काठमाडौं । प्रदेश १ को तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन्। त्यस्तै कर्णाली प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ स् ३० बजे राजीनामा दिएका थिए ।

प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समय सीमा दिए अनुसार मङ्गलवार ८ बजे भित्र शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरि शपथ ग्रहणको कार्यक्रम रहेको नेता शाहीको निजी सचिवालयले जनाएको छ।
उता, राईलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। राई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको समर्थन लिएर मुख्यमन्त्री बनेका हुन्।

यसअघि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री रहेका भीम आचार्यले सोमबार राजीनामा दिएका थिए। त्यसपछि सोमबार प्रदेश प्रमुख प्यासीले सरकार गठनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारीको दाबी पेश गर्न समय तोकेका थिए।