एमाले महाधिवेशनमा माधव नेपाललाई निम्ता नगरिने - रुपान्तरण
 २०८२ माघ १, बिहीबार    

एमाले महाधिवेशनमा माधव नेपाललाई निम्ता नगरिने


काठमाडौं । नेकपा एमालेले पार्टीको आगामी १०औं महाधिवेशनमा देश तथा विदेशबाट राजनीतिक दलका शीर्ष नेतालाई अतिथिका रुपमा बोलाउने भएको छ। तर एमालेले माधव नेपाललाई भने नबोलाउने बताएको छ।

१०औं महाधिवेशनका बारेमा जानकारी दिन बुधबार एमालेको केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्र तथा बाहिरका राजनीतिक दलका शीर्ष नेतालाई महाधिवेशनका लागि निमन्त्रणा गरिने बताएका हुन्।

सो क्रममा संचारकर्मीले माधव नेपाललाई बोलाउने कि नबोलाउँने भन्दै राखेको जिज्ञासामा उनले पत्राचार गर्ने ठेगाना नभएका दललाई नबोलाइने जवाफ दिएका हुन्।

‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौं,’संचारकर्मीले राखेको जिज्ञासाको जवाफमा भट्टराईले भने। एमालेको १०औं महाधिवेशन आगामी १०–१२ मंसिरमा चितवनमा आयोजना हुँदैछ।