कोरोनाको नयाँ भाइरसको ओमिक्रोन भेरियन्टको आतंक - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

कोरोनाको नयाँ भाइरसको ओमिक्रोन भेरियन्टको आतंक


काठमाडौं । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टले विश्वलाई आतंकित बनाउन थालेको छ 

। कोरोनाभाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीनमा राख्ने निर्णय गरेको छ ।

नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टीन राख्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलका जानकारी दिए ।

साथै ती यमात्रुमा संक्रमण देखिए नमुनाहरूको सिक्वेन्सिङ गरिने तयारी गरिएको छ । यसैबीच आज बस्ने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसी बैठकले थप निर्णय गर्ने पनि उनले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन् ।