सरकारले थप ५० लाख डोज खोप किन्ने - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

सरकारले थप ५० लाख डोज खोप किन्ने


काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ ।

मंगलबार प्रतिनिधिसभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड खोप अभियानको सम्बन्धमा भएको छलफलमा सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया सुरु गरेको जानकारी दिए ।

हाल मन्त्रालयसँग रहेको खोप र बाँकी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने अर्यालले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने जानकारी दिए । तर, एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँको अभाव हुन सक्ने उनको भनाइ थियो ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असरहरू देखा नपरेको जानकारी दिए । उनले खोप स्तनपान गराइरहेका आमाहरूलाई पनि दिन मिल्ने बताए ।

१८ वर्ष मुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने डा. गौतमको भनाइ छ ।

"