एमालेका कमिटीहरुको पूर्णता, वरियताक्रम निर्धारण - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

एमालेका कमिटीहरुको पूर्णता, वरियताक्रम निर्धारण


काठमाडौं । नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो ।

अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली छन् । त्यस्तै ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य रहनु भएको छ भने रामबहादुर थापा तेस्रो र विष्णु पौडेल चौथो वरियतामा छन् । पौडेल पछिको वरियतामा सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे रहेका छन् ।

त्यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिव प्रदीप ज्ञवाली पहिलो वरियतामा रहँदा पृथ्वीसुब्बा गुरुङ दोस्रो र बिष्णु रिमाललाई तेस्रो वरियतामा राखिएको छ ।

सचिवको वरिएतामा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुवीर महासेठ तेस्रो , छविलाल विश्वकर्मा चौथो गोकर्ण विष्ट पाँचौ, योगेश भट्टराई छैठौ र पद्मा अर्याल सातौं स्थानमा छन् ।

त्यस्तै स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । बैठकमा अध्यक्ष ओलीले १९ पदाधिकारीसहित २६ जना थपेर ४५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरेका थिए ।

स्थायी कमिटी सदस्यहरुमा घनश्याम भुसाल,गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य,लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त रहेका छन् ।

त्यसैगरी भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की पनि स्थायी कमिटीमा परेका छन् ।

पूर्व माओवादीतर्फबाट मणिचन्द्र थापा र प्रभु साह पनि स्थायी कमिटीमा समेटिएका छन् । बैठकले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको छ । जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन् ।

पोलिटब्युरोमा रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, एमलाल कँडेल, अग्नि खरेल, राजन भट्टराई, बिन्दा पाण्डे, गोरख बोगटी, राजेन्द्र गौतम, रामनाथ थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्बाहाम्फे, हिक्मत कार्की, गोकुल बास्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, खिमलाल भट्टराई लगाएतका नेताहरु छन् । अध्यक्ष ओलीले झापाका दुर्गा प्रसाईँसहित ४४ जना सदस्यलाई मनोनित गर्दै केन्द्रीय कमिटीलाई पूर्णता दिएका छन् ।

यता केही पदाधिकारीले भने पार्टीमा छलफल नै नगरि अध्यक्ष ओलीले विभिन्न कमिटीहरुमा नाम प्रस्ताव गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मापदण्डविनै सदस्यहरु चयन गर्दा क्षमतावान व्यक्तिहरु कमिटीमा आउन नसकेको गुनासो गरेका थिए ।

अध्यक्षमा पराजित भीम रावललाई कुनै पनि कमिटीमा मनोनयन गरिएको छैन । सचिव योगेश भट्टराईले बैठकमा रावललाई स्थायी कमिटीमा मनोनित गर्नु पर्ने बताएका थिए ।