अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने


काठमाडौं । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको अष्ट्रेलिया सरकारले सीमा नीतिमा कुनै परिवर्तन नहुने बताउँदै सीमा नाका खुला गर्ने जानकारी गराएको हो ।

प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पूरा गरेर अष्ट्रेलिया आउनसक्ने जानकारी दिएका हुन् ।गत साता बसेको मन्त्रिपरिषद बैठकले समस्या भयावह हुँदै गएमा आगामी फेब्रअरीसम्म पुनः प्रतिवन्ध लगाउन सकिनेबारे छलफलसमेत गरेको थियो ।

ओमिक्रोन भेरिएन्टका कारण फेरि लकडाउनलगायत कडा प्रतिबन्धबारे हल्ला चलिरहेको बेला अष्ट्रेलियाले सीमा खोल्न लागको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले सुरक्षा सतर्कता अपनाएर कोभिड विरुद्ध डटेर लड्ने बताउदै समुदायमा व्याप्त रहेको शंका कम गर्न राज्यको सीमा खोल्ने नीतिलाई यथावत राखेको जानकारी दिएका छन् । यसअघि अष्ट्रेलियाले डिसेम्बर १ देखि करिब दुई लाख हाराहारीमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया भित्र्याउने योजना अनुसार सिमा खोल्ने निर्णय गरेको थियो ।