भागबन्डा र गुठबन्दीको राजनीतिमा लाग्दैनौं - रुपान्तरण
 २०८३ भाद्र ९, मंगलबार    

भागबन्डा र गुठबन्दीको राजनीतिमा लाग्दैनौं


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिमा प्रत्यासी डा.शेखर कोइरालाले पार्टी फेरि व्यथितिका रुपमा चल्यो भने शसक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई असहयोग गर्नुहरुप्रति कुनै गुनासो नभएको पनि बताए ।

सभापतिमा विजयी भएका शेर बहादुर देउवालाई बधाई दिंदै डा.कोइरालाले आफूसँग कुनै कुन्ठा नलिएको र असहयोग गर्नेहरुप्रति कुनै गुनासो नभएको प्रष्टाए । आन्तरिक लोकतन्त्रमा आफूहरु विजयी भएको पनि उनले बताए ।

‘अब पार्टीमा युवाहरुका लागि अवसर खुलेको छ । कांग्रेसको हुँ भनेर गाउँमा निश्चिन्त रुपमा काम गर्ने मौका मिलेको छ । गाउँमा बस्न पार्टीमा ढोका खुलेको र पार्टी रुपान्तरणका लागि खटिनेछौं । म निरन्तर जनताको घरदैलोमा जानेछु र युवा साथीहरु परिचालन पनि हुनुहुनेछ’,उनले भने,‘अब हामीहरु भागवन्डा खोज्ने छैनौं, गुठबन्दीको राजनीतिमा लाग्दैनौं’, उनले भने,‘काम गरेरै आम जनता वा कार्यकर्तालाई सोच्न बाध्य बनाउने छौं ।’ प्रतिनधिहरुको मायाले आफूले अबको राजनीतिलाई नयाँ ढंगले अघि बढाउने पनि उनले प्रतिबद्धता जनाए ।