नेपाली क्रिकेट टीमको कप्तानमा सन्दीप लामिछाने - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

नेपाली क्रिकेट टीमको कप्तानमा सन्दीप लामिछाने


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएको छ । कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।

क्यानको बुधबार बसेको बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिएका छन् । उनका अनुसार अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको हो ।

अनुशासन उल्लंघन आरोपमा सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय भएको छ ।

संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले स्पष्ट पारेको छ । खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा कप्तान मल्लले असन्तुष्टी पोख्दै आएका थिए ।