सरकार र विप्लव समूहबिच एकै दिनमा दुई पटक वार्ता - रुपान्तरण
 २०८१ बैशाख २९, शनिबार    

सरकार र विप्लव समूहबिच एकै दिनमा दुई पटक वार्ता


काठमाडौं। सरकार र विप्लव समूहबिच एकै दिनमा दुई पटक वार्ता भएको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको थियो । पुनः बुधवार नै फेरि सरकारले सो समूहको वार्ता टोलीसँग दोस्रो चरणको वार्ता गरेको हो । 

दोस्रो चरणको वार्ता कहाँ गरियो भन्नेबारे केही खुलाइएको छैन । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधवार नै भएको जानकारी दिएका हुन् ।

‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’ भट्टराईले ट्विटमा लेखेका छन् ।

वार्ताका लागि सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई छन् भने नेकपाबाट सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदयबहादुर चलाउने छन् ।

"