सरकारलाई एमसीसी परियोजना अनुमोदन गर्न सकस - रुपान्तरण
 २०८१ जेठ १, मंगलबार    

सरकारलाई एमसीसी परियोजना अनुमोदन गर्न सकस


काठमाडौं । पाँच दलीय गठबन्धनको सरकारलाई बहुप्रतिक्षित र वहुचर्चित एमसीसी परियोजना अनुमोदन गर्न सकस भएको । आइतबार बसेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी)बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएपछि सरकार थप अफ्ठयारोमा परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनु भएको सर्वदलीय बैठक राजनीतिक दलका नेताहरुले एमसीसीबारे स्पष्ट भएरमात्रै संसदमा अघि बढाउनुपर्ने सुझाव दिएका हुन् । प्रधानमन्त्री देउवाले एमालेले संसद अवरोध गरिरहेको अवस्थामा संसद् सञ्चालन र एमसीसी अनुमोदन कसरी गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए।

बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री देउवालाई एमसीसीका विभिन्न दफाहरूमाथि उत्पन्न भएका संशयहरूमा स्पष्ट पारेरमात्रै अघि बढ्न सुझाव दिएका हुन् ।सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता ९एमसीसी० बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् ।

बैठकमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी,राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलका नेताहरूको सहभागिता रहेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।

सर्वदलीय बैठकले एमालेलाई संसद बैठक अवरोध नगर्न पनि आग्रह गरेको छ । एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा गएका आफ्ना सांसदलाई कारवाही गर्न सफिारिस गर्दा पनि सभामुख अग्नी सापकोटाले कारवाही नगरेको भन्दै एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ ।