डा.शशांकले ल्याए सर्वाधिक मत: कांग्रेसका ३५ खुल्ला केन्द्रीय सदस्य को-को ? - रुपान्तरण
 २०८१ जेठ १, मंगलबार    

डा.शशांकले ल्याए सर्वाधिक मत: कांग्रेसका ३५ खुल्ला केन्द्रीय सदस्य को-को ?


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ३५ जना खुला केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित भएका डा.शशांक कोइरालाले सबैभन्दा बढी ३ हजार ८ सय ३६ मत ल्याएका छन् ।

यस्तै दोस्रो स्थानमा आएका एनपी साउदले २ हजार ९ सय ३७, बालकृष्ण खाणले २ हजार ८ सय ७९, उदयशमशेर राणा २ हजार ८ सय ४३, रामहरी खतिवडाले २ हजार ८ सय ३२, ज्ञानेन्द्र बहादुर कार्कीले २ हजार ८ सय २०, रमेश लेखकले २ हजार ७ सय ८०, शंकर भण्डारी २ हजार ७ सय ६८, जिप छिरिङ लामाले २ हजार ७ सय २, अर्जुननरसिंह केसीले २ हजार ६ सय ५० मत ल्याएका छन् ।

काँग्रेस विधान अनुसार ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला खुला केन्द्रीय सदस्यमा प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । देउवा पक्षका ७१ प्रतिशत देउवा पक्षमा २५ र कोइराला पक्षका ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित 

एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा
, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनील बहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित, मोहन आचार्य, अर्जुननरसिंह केसी, डा.रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, दिपक गिरी, डा.गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, दिनेश कोइराला, अजयबाबु शिवाकोटी

"