स्थानीय तहको निर्वाचन बैशाख १४ गते गर्न प्रस्ताव - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

स्थानीय तहको निर्वाचन बैशाख १४ गते गर्न प्रस्ताव


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गराउन जुटेको छ । आयोगले एकैपटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस पनि गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासिहत मन्त्रीहरुलाई भेटेर आयोगका पदाधिकारीले उक्त मिति प्रस्ताव गरेका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति प्रस्ताव गरिएको कुरा विज्ञप्तिमार्फत जनाएका छन् ।

‘स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख महिनामा गर्नुपर्ने अवस्था रहेकाले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्न उपयुक्त हुने र यदि कुनै कारण एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणको मिति २०७९ वैशाख १४ गते बुधबारको दिन र दोस्रो चरण मिति वैशाख २२ गते बिहीबार दिन गर्न सकिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

आयोगले स्थानीय तहको निर्वाचन भोटिङ मेशिनको माध्यमबाट गर्न आग्रह गरेको छ । निर्वाचनमा भोटिङ मेशिनको प्रयोग गर्ने आयोगको प्रस्ताव सम्बन्धमा प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको छलफलबाट कायम गरी सबै क्षेत्रहरुमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रहरुमा भोटिङ मेशिन प्रयोग गर्दै जानुपर्ने जनाएका छन् ।