ओली पक्षमाथि प्रचण्ड–नेपाल पक्षले चलायो कारवाहीको ‘डन्डा - रुपान्तरण
 २०८१ बैशाख ३०, आईतबार    

ओली पक्षमाथि प्रचण्ड–नेपाल पक्षले चलायो कारवाहीको ‘डन्डा


काठमाडौं । बुधबार अपरान्हबाट शुरु भएको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले सुवास नेम्वाङलाई दलको उपनेताबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो । त्यस्तै बैठकले दलको नेताबाट केपी ओली, उपनेताबाट नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारबाट हटाउने भएको हो ।

पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले दलको नेता, उपनेता र सचेतक परिवर्तन गर्ने प्रस्ताव अघि बढाएको थियो । त्यस्तै ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको छ ।

बैठकले सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, महेश बस्नेत, कर्ण बहादुर थापालगायतलाई पनि केन्द्रीय सदस्यबाट निष्कासन गर्ने भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पितृशोकमा रहेका कारण गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णयबाट प्रचण्ड–नेपाल समूह पछि हटेको छ । बैठकले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि अपिल गर्ने पनि निर्णय गरेको छ