आठौं महाधिवेशनमा प्रचण्ड: एमालेसँग लचक, अध्यक्षमा बलिया - रुपान्तरण
 २०८१ जेठ १, मंगलबार    

आठौं महाधिवेशनमा प्रचण्ड: एमालेसँग लचक, अध्यक्षमा बलिया


काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सो अवसरमा अध्यक्षमा पुष्पकमल दाहालले एमाले महासचिव शंकर पोखरेलको खुलेर प्रशंसा गरे । जुन विषय अहिले राजनीतिक बृत्तमा चर्चामा छ । पोखरेलको अभिव्यक्तिलाई लिएर प्रचण्ड लचक भएका हुन ।

शुभकामना दिन उपस्थित भएका एमाले महासचिव पोखरेलले पार्टी एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका थिए । पोखरेलले भनेका थिए, ‘नेकपाको गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’
सोही विषयलाई लिएर प्रचण्डले भने, हामीले गल्ती गरेका थिएनौं । फेरि एकचोटि आत्मसमीक्षा गरौँ ।’

यता माओवादी केन्द्रको भावी नेतृत्वबारे पनि महाधिवेशनमा बहस शुरु भएको छ । प्रचण्डलाई चुनौती दिने कोही नदेखिएकाले उनी पुनः अध्यक्ष बन्ने पक्का नै छ ।देखिएको छ । अरु पदहरुमा पनि सहमतिकै आधारमा नेतृत्व चयन हुने देखिएको छ ।

त्यस्तै, प्रचण्डले आठौँ महाधिवेशनमा पेश गर्न लागेको दस्तावेजले मुलुक तत्कालै समाजवादमा प्रवेश गर्न नसक्ने बताएका छन् । राजनीतिक रूपमा बहुराष्ट्रिय कम्पनीहरूको विरोध गदै लेखिएको दस्तावेजमा तत्काल समाजवादमा मुलुक जान नसक्ने उल्लेख गरेका हुन् ।

‘वर्तमान संविधानले नेपाल समाजवाद उन्मुख राज्य हुनेछ भनेको र त्यही मूल नीतिअन्तर्गत नेकपा माओवादी केन्द्रले समाजवादलाई आफ्नो रणनीतिक लक्ष बनाएको, तर यसलाई तत्कालीन कार्यनीति बनाउने परिस्थिति छैन’, उनले तयार पारेका प्रतिवेदनमा उल्लेख छ ।