महिला भलिबल खेलाडीलाई पाँच लाख रुपैयाँ पुरस्कार - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

महिला भलिबल खेलाडीलाई पाँच लाख रुपैयाँ पुरस्कार


काठमाडौं । सरकारले बंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबलको महिलातर्फ च्याम्पियन नेपाली टोलीका खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले टोलीका १२ जना खेलाडीलाई जनही पाँच लाख, दुई जना प्रशिक्षकलाई तीन तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।

लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाएकोले सरकारले नगद पुरस्कारबाट सम्मान गर्न लागेको गहतराजले बताएका छन् ।

नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको थियो । नेपाली टोली बिहीबार स्वदेश फर्कने नेपाल भलिबल संघले जनाएको छ ।