प्रचण्डले गरे २३६ जना केन्द्रीय सदस्यको घोषणा - रुपान्तरण
 २०८१ जेठ २, बुधबार    

प्रचण्डले गरे २३६ जना केन्द्रीय सदस्यको घोषणा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली घोषणा गरेका छन् ।

माओवादीको काठमाडौंमा जारी आठौं महाधिवेशनको आजको बन्दसत्रमा अध्यक्ष दाहालले १ सय २५ समानुपातिक र १सय ११ जना खुला केन्द्रीय सदस्यको नाम घोषणा गरेका हुन् । माओवादीको विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ गरी २ सय ९९ केन्द्रीय सदस्य हुनेछन् ।

दाहालले घोषणा गर्नुभएको नाम बन्दसत्रले अनुमोदन गरेमा २ सय ३६ जना केन्द्रीय सदस्य बन्नेछन भने बाँकी मनोनित हुनेछन् । माओवादीको महाधिवेशन पुस ११ गतेबाट काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा सुरु भएको हो ।