‘कम्फर्टेबल सरकार’ भनेर बोल्दा प्रचण्डलाई टाउको दुखाइ - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

‘कम्फर्टेबल सरकार’ भनेर बोल्दा प्रचण्डलाई टाउको दुखाइ


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलभिजनलाई दिएको अन्तरवार्ताबारे चर्चा भएको छ ।

केही दिन अघि नेपाल–भारत सम्बन्धका विषयमा प्रचण्डले ‘कम्फर्टेबल सरकार बनाउने’ भन्दै दिएको अभिव्यक्तिलाई लिएर प्रश्न उठेको हो ।केन्द्रीय समितिको बैठकमा बुधबार उक्त अन्तरवार्तामा बोलेको कुरालाई लिएर केही नेताले प्रश्न गरेपछि प्रचण्डले जवाफ दिनुपरेको छ । उनले अन्तरवार्तामा बोलेको कुरालाई गलत प्रचार भएको दाबी गरे ।

नयाँ सत्ता समीकरका विषयलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिबारे आलोचना भएपछि प्रचण्डले प्रष्टिकरण दिनुपरेको हो । उनलाई केही नेताहरुले भारत र चीनका लागि ‘कम्फर्टेबल सरकार’ भनेको के ? भनेर प्रश्न गरेका थिए ।

प्रचण्डले बोलको अंशमध्ये ‘हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ’ भनेको कुराले धेरै चर्चा पाएको थियो। प्रचण्डले यस्ता संवेदनशील विषयमा बोल्दा अबदेखि ध्यान दिने बताएका थिए ।

बैठकमा ओलीको निर्णयलाई अदालतले गलत साबित गरेपनि पदबाट राजीनामा नदिनु र संसद् फेस गर्न खोज्नु लोकतान्त्रिक परिपाटी विपरीत भएको निष्कर्ष निकालेको छ।

त्यस्तै निर्वाचन आयोगले नेकपा विवादबारे निर्णय गर्न ढिलाइ गरेको भन्दै निन्दा गरिएको छ । बैठकले प्रचण्ड–नेपाल समूहले २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तयार पार्ने जिम्मेवारी सचिवालय र स्थायी कमिटीलाई दिएको छ।