राष्ट्रियसभा निर्वाचन: चुनाव चिह्न प्रदान, आचारसंहिता जारी - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

राष्ट्रियसभा निर्वाचन: चुनाव चिह्न प्रदान, आचारसंहिता जारी


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार विज्ञप्तीमार्फत अन्तिम नामावली प्रकाशनसँगै राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको जानकारी गराएको छ ।

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा (एकीकृत समाजवादी)लाई कलम, जनता समाजवादी पार्टीलाई ढल्केको छाता, राष्ट्रिय जनमोर्चालाई गिलास चुनाव चिन्ह प्रदान गरिएको जनाइएको छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारका लागि सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, नेपाल मजदुर किसान पार्टीलाई मादल र लोकतान्त्रिक समाजवादी पार्टीलाई साइकल चुनाव चिह्न प्रदान गरिएको छ ।

यसैबीच आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न सोमबारबाट लागु हुने गरि निर्वाचन आचारसंहिता समेत जारी गरेको छ ।

आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले जनाएको छ । यसअघि राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते ९ दलबाट ४३ उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।