कोरोना संक्रमणको त्रास: विद्यालय बन्द, भीडभाड हुने ठाउँमा कडाइ - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

कोरोना संक्रमणको त्रास: विद्यालय बन्द, भीडभाड हुने ठाउँमा कडाइ


काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि सरकारले नयाँ कदम चालेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढेको भन्दै सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार मात्रै २४ जना कोरोनाभाइरसको ओमिक्रोन प्रजातिको संक्रमण देखिएको थियो । यसपछि सीसीएमसीले यस्तो निर्णय गरेको हो । त्यसपछि भने अवस्था हेरेर आवश्यक निर्णय लिने सीसीएमसीले जनाएको छ ।

त्यस्तै आगामी माघ ३ गते रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम बनाइएको छ । निर्णय कार्यान्वयनका लागि सीसीएमसीको बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ । संक्रमणमा वृद्धि भएपछि सरकारले भीडभाड हुने ठाउँलाई नियन्त्रण गर्न यस्तो नियम बनाइएको छ ।