चीनको ‘बीआरआइ’ र ऋणको पासोमा परेका देश - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

चीनको ‘बीआरआइ’ र ऋणको पासोमा परेका देश


बोजराज

चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ ‘बीआरआइ’ हेर्दा आकर्षक देखिए पनि यसले कैयौं देशलाई ऋणको पासोमा पारेको छ । चीनले एउटा अनुदान दिंदा एकतिस वटा ऋण दिने गरेको छ जुन विपन्न तथा विकासोन्मुख देशका लागि अन्त्यमा पासो साबित हुँदै गएको छ । यदि विकसित देशमा झैं पारदर्शिता हुने हो भने ऋणबाट धेरै काम गर्न सकिन्छ ।

तर अविकसित देशमा अपारदर्शीता अत्यन्तै उच्च भएकोले चीन वा अन्य दाताबाट प्राप्त ऋण कुनै उत्पादनमूखी कार्यमा लगाउन भन्दा सत्ता चलाउनेहरुले मिलिजुली खाइदिन्छन र आफू धनी बन्छन् । सानो अंश मात्र देशका लागी खर्च हुन्छ तर देशले तिर्नपर्ने चाहिँ पुरै ऋण हुने हुँदा कालान्तरमा देश ऋणको पासोमा पर्दछ । अफ्रिकाका थुप्रै देश यस्तै पासोमा परेका छन् अनि अहिले श्रीलंका पनि त्यही पासोमा पर्न आटेको देखिन्छ । पाकिस्तान पनि यस्तै पासोमा निकट भविष्य मै पर्ने सम्भावना देखिन्छ ।

नेपालमा पनि सत्ता चलाउनेहरुले चीनलगायत अन्य देश र अन्तर्राष्ट्रिय संस्थाबाट लिएको ऋण सरकार चलाउन वा नेताको सुख सुविधाको लागी नखर्चिउन, भोली देश ती देश र संस्था को पासोमा पर्यो भने जनताले त्यस्ता शासक र तिनले राष्ट्र लुटेर थुपारेको सम्पत्तिमा आगो नलगाउलान भन्न सकिन्न । पोखरा विमानस्थल ऋणमा बन्दैछ भने भोली सरकारले त्यसबाट आय गरेर ऋण तिर्न सकेन भने विमानस्थल चीनको स्वामित्वमा नजाला भन्न सकिन्न ।

तसर्थ विमानस्थल संचालनमा पार्टाीका हनुमान वा नेताका आफ्ना मान्छे होइन । योग्य, दक्ष र सामर्थ्यवान व्यक्तिलाई निश्चित उद्देश्य प्राप्त गर्नका लागी खुला प्रतिस्पर्धाबाट छनोट गर्न दवाव दिऔं । नत्र भोलि विमानस्थल सेतो हात्ती बन्न सक्छ अनि ऋणले देश अस्तव्यस्त ।