सरकार नै निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको छ - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

सरकार नै निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको छ


काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध खनिएका छन । सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको उनले आरोप समेत लगाएका छन् ।

अध्यक्ष ओलीले आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागि रहेको बताएका हुन् । सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको र लुटमारमा लागि परेको दावी गरे ।

ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पुयाउने खोजको तर्क गरे । ओलीले ‘समृद्ध नेपालस् सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गरे ।