कोरोना रोकथामका लागि प्रधानमन्त्रीसमक्ष एमालेको २२ बुँदे ध्यानाकर्षण - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कोरोना रोकथामका लागि प्रधानमन्त्रीसमक्ष एमालेको २२ बुँदे ध्यानाकर्षण


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार एमालेले आफू नेतृत्वको सरकारले कोरोना नियन्त्रणमा गरेका कामहरु स्मरण गराउँदै देउवा सरकारले गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएको हो ।

एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, कृष्ण राई, सरिता न्यौपाने रहेको प्रतिनिधि मण्डल बालुवाटार पुगेको थियो ।

ज्ञापन पत्र (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)को तर्फवाट कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गरिएको छ १ पार्टीका उपाध्यक्ष एवम संसदीय दलका उपनेता माननिय सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा माननियहरु योगेश भट्टराई ,खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने रहेको प्रतिनिधि मण्डलले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले तयार पारेको ध्यानाकर्षण पत्र वुझाएको छ ।

विषयः कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा

ध्याकर्षण गरिएको बारे

विश्वमा विभिन्न कालखण्डमा बिकराल सरुवा रोगले मानव समाजलाई प्रभावित पारेका इतिहास रहिआएको छ । त्यसको पछिल्लो परिघटना सन् २०१९ डिसेम्बरमा चीनको उहान प्रान्तबाट शुरु भएको कोभिड–१९ हाल विश्वभर महामारीका रुपमा फैलिरहेको छ । यसले यो शताब्दीकै उच्च महामारीको रुप लिई जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

हाल विश्वमा कोभिड–१९ ले झन्डै ३१.५ करोड मानिसहरू संक्रमित भइसकेको, २६.२ करोड मानिसहरू रोगबाट निको भइसकेको, ४७ लाख मानिसहरू अझै संक्रमिक अवस्थामा रहेको, ५५.२ लाख मानिसहरूले मृत्युबरण गरिसकेको र रोगीहरूमध्ये पनि अझै ९६ हजार मानिसहरू जीवनमरणको दोसाँधमा बाँचिरहेका तथ्यांक छ ।

नेपाल पनि यस महामारीबाट अछुतो रहन सकेन । नेपालमा सन् २०२० अप्रिलमा पहिलोपटक कोभिड–१९ का संक्रमितको प्रवेश भयो । अन्य देशमा जस्तै यहाँ पनि दुई लहर आइसकेको र तेस्रो लहर सुरु भएको छ । नेपालमा हालसम्म नौ लाख चालीस हजार ५ सय ५२ व्यक्ति संक्रमित भइसकेका, आठ लाख पन्ध्र्र हजार ३ सय ४७ (९६.९%) निको भएका र ११ हजार ६ सय १० (१.४% ले मृत्युबरण गरिसकेको अवस्था छ । (स्रोत ः सीसीएमसी २०७८ पुस २९)

यस सन्दर्भमा हामी, हाम्रो पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले कोभिड–१९ रोगथाम, नियन्त्रण र उपचारका लागि गरेका कामहरूलाई बुँदागत रुपमा स्मरण गराउन चाहन्छौं ।

१.​रोगथाम, नियन्त्रण र उपचारलगायतका लागि स्टान्डर्ड गाइड लाईन तयार गरी लागू गरिएको ।
२.​ ​देशमा प्रयोगशालाको उपलब्धता नरहेको अवस्थाबाट रोगको पहिचानको लागि ८२ वटा पीसीआर ल्याबको स्थापना गरी जाँचको दायरा फराकिलो बनाएको ।
३.​ ​उपचारको लागि समर्पित हस्पिटलको व्यवस्था मिलाएको । सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पताल र मेडिकल कलेजका बीचमा समन्वयात्मक ढंगले काम गरेको ।
४.​ व्यापकरुपमा कन्टयाक ट्रेसिङ्गको व्यवस्था मिलाएको ।
५.​ सीसीएमसीको गठन गरी राज्यका सम्पूर्ण निकाय र तहका बीचमा एकीकृत र समन्वयात्मक ढंगले काम गरेको ।
६.​ ​कोभिड–१९ बाट संक्रमितको उपचारका लागि बीमा व्यवस्था गरेको ।
७.​ ​अस्पतालहरूमा उपचारको लागि आवश्यक भौतिक पूर्वाधार, अक्सिजन, आईसीयू बेड र भेन्टीलेटरजस्ता उपकरणको व्यवस्था र त्यसका लागि पर्याप्त बजेट विनियोजन गरिएको ।
८.​ आवश्यकता अनुसारको बजेटको व्यवस्थापन गरेको ।
७.​ ​सबै तहका सरकारबीच समन्वय गरी सहकार्य तथा परिचालन गरेको र विशेषगरी स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गरिएको ।
८.​ सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग र मित्र राष्ट्रहरूसँग कुटनीतिक पहलमार्फत् औषधी, उपकरण र खोपको आपूर्ति व्यवस्था गरिएको ।
.​ ​अत्यन्त कठीन अवस्थामा पनि दक्षिण एशियामा भारतपछि पहिलो मुलुकको रुपमा खोपको सुरुवात गरी निरन्तरताको लागि सुनिश्चिताताको व्यवस्था मिलाएको ।
१०.​ खोप भण्डारणको व्यवस्था नभएकोले सो सम्बन्धी कार्य प्रारम्भ भएको ।
११.​ ​जनशक्ति व्यवस्थापन, उत्पादन तथा प्रेरणा जागृत गर्नुका साथै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको ।
१२.​ ​अनुगमन र मूल्यांकन समितिमार्फत् आएका सुझावहरूलाई कार्यान्वयन गरिएको । विज्ञ तथा सरोकारवालासँग नियमित छलफलमार्फत् पृष्ठपोषण प्राप्त गरेको । बेलाबेलामा सर्वदलीय बैठक आयोजना गरिएको ।
१३.​ ​प्रधानमन्त्रीको नेतृत्वमा केन्द्रीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र, जिल्लास्तरीय समिति र स्थानीय निकायमा एक समिति गठन गरी अधिकार प्रत्यायोजन गरिएको ।
१४.​ ​नेपाल–भारत सिमानामा अस्थायी होल्डिंग सेन्टरको स्थापना तथा व्यवस्थापन र ७ वटा स्थायी सेन्टरको व्यवस्थापनको योजना कार्यन्वयनमा लगेको ।
१५.​ सबै प्रकारको स्वास्थ्य प्रणालीको अधिकतम प्रयोगको व्यवस्था मिलाइएको ।
१६.​ कोरोनाका कारण प्रभावित बनेको व्यवसायिक क्षेत्रलाई पुनः स्थापना गर्ने विभिन्न प्याकेजहरू कार्यान्व्यनमा ल्याएको । रोजगारीका वैकल्पिक उपायका लागि पहल गरिएको ।

अघिल्लो सरकारले रोकथाम, नियन्त्रण र उपचारका लागि पर्याप्त आधार तयार गरिसकेको अवस्थामा पनि हाल निम्न विषयमा कमजोरी देखिन्छ ।

१.​ प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकिएको ।
२.​ ​खोपको प्रर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको । पहिले र दोस्रो खोप लगाएकाहरूलाई अबिलम्ब बुस्टर खोप उपलब्ध गराउनपर्ने काम हुन नसकेको ।
३.​ ​जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रमहरू संचालन हुन नसकेको ।
४.​ ​सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको ।
५.​ ​नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिंग सेन्टरको व्यवस्था नभएको ।
६.​ ​बिमितहरूको रकम उपलब्ध नभएको ।
७.​ टेस्टिङ्ग र ट्रेसिंग कार्यमा बृद्धि नभएको ।
८.​​औषधी, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको ।
.​​राजनीतिक दल तथा तिनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको ।
१०.​ कुटनीतिक पहल अत्यन्तै कमजोर रहेको ।
११.​ अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको ।
अहिलेको विषम परिस्थितिमा कोभिड–१९ बाट नेपाली जनतालाई बचाउन, नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न, दैनिक जनजीवनलाई सुचारु गर्न निम्न कार्यहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन हाम्रो पार्टी यहाँको गम्भीर ध्यानाकर्षण गर्दछ ।
१.​जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान संचालन गर्ने ।
२.​ खोपकेन्द्रको संख्या बृद्धि गरी सबै उमेर समूहका नागरिकहरूलाई तत्काल खोप उपलब्ध गराउने । राज्यका निकाय र कुटनीतिक क्षेत्रको सक्रियता बढाउने र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउने र पर्याप्त भण्डार केन्द्र स्थापना गर्ने ।
३.​तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ बिपत व्यवस्थापन कार्य संचालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिंग सेन्टरको तुरुन्त व्यवस्थापन गरी संचालन गर्नुपर्ने ।
४.​थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने । साथै अग्रभागमा क्रियाशील जनशक्ति तथा स्वयंसेवकका लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने ।
५.​स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउने ।
६. राज्यको सबै संयन्त्र तथा राजनीतिक दलका बीचमा समन्वयात्मक परिचालन गर्नुपर्ने ।
७.​समर्पित अस्पतालको व्यवस्था गर्नुपर्ने । सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजको समन्वयात्मक परिचालन गर्नुपर्ने ।
८. ​पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, टेस्टिङ, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्नुपर्ने ।
९. बालबालिका, गर्भवती महिला, बृद्धबृद्ध, अपाङ्ग र अशक्तहरूलाई विशेष व्यवस्था गर्नुपर्ने र यी समूहका व्यक्तिहरूलाई घर–घरमा खोप सेवा संचालन गर्ने ।
१०. ​आवश्यकताअनुसार पुनः स्थापना केन्द्र संचालन गर्नुपर्ने ।
११.औषधी, खाद्यान्नलगायत अति आवश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्ने ।
१२. ​पर्यटकीय क्षेत्र, शैक्षिक केन्द्र, व्यापार व्यवसाय स्थल, धार्मिक, साँस्कृतिक स्थललगायत मानिसहरूको बढी चहलपहल हुने स्थानमा खोप उपलब्धता बढाउने र ती स्थानमा पनि खोप केन्द्र सञ्चालनमा ल्याउने ।
१३. अस्पतालको स्तर बृद्धि गरी थप सेवा संचालन गर्नुपर्ने ।
१४. सम्पूर्ण संक्रमित बिरामीको लागि निःशुल्क स्वास्थ्य सेवा संचालन गर्नुपर्ने ।
१५. ​​बुस्टर डोजको व्यवस्था तत्काल मिलाउने ।
१६. निरोधात्मक स्वास्थ्यका लागि खानपिन तथा व्यायाम र जीवनयापनसम्बन्धी जनचेतना जागृत गर्ने ।
१७. ​राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउने ।
१८. कोभिडबाट मृत्यु भएकाले आश्रित परिवार (गर्भवती महिला, बालबालिका, बृद्धबृद्धा, अपाङ्ग र अशक्त) लाई पुनस्र्थापनाको व्यवस्था गर्ने ।
१९.स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउने ।
२०. दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सुचारू राख्ने ।
२१. अर्थतन्त्रमार्फत् विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्ने । वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउने ।
२२. विदेशमा कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकहरूसँग पहलकदमी लिने ।

नेकपा ९एमाले० ले सबैभन्दा ठूलो, जिम्मेवार र प्रमुख प्रतिपक्ष पार्टीका हैसियतले जनताको स्वास्थ्यलाई जहिले पनि उच्च प्राथमिकतामा राख्दै आएको छ । सरकारमा रहँदा वा नरहँदा ‘राष्ट्र र जनता पहिले’ भन्ने हाम्रो पार्टीको दृष्टिकोणमा कुनै परिवर्तन आउने छैन । स्वस्थ नागरिक, स्वस्थ समाज र सबल राष्ट्रमार्फत् ‘समृद्ध नेपाल स् सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा हासिल गर्न हाम्रो पार्टी सदैव प्रतिबद्ध छ ।

कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका लागि प्रभावकारी कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं । यस कार्यमा सरकारले आवश्यक ठानेको सहयोग र समन्वयका लागि हाम्रो पार्टी तयार रहेको यहाँलाई जानकारी गराउँदछौं ।
धन्यवाद १

योगेश भट्टराई
प्रमुख
स्वास्थ्य तथा जनसंख्या विभाग