प्रदेश २ को नाम ‘मधेश प्रदेश’, राजधानी ‘जनकपुरधाम’ - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

प्रदेश २ को नाम ‘मधेश प्रदेश’, राजधानी ‘जनकपुरधाम’


काठमाडौं । प्रदेश २ को नाम मधेश प्रदेश कायम भएको छ । प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावमा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । जसको पक्षमा ८० मत खसेको थियो । यो प्रदेशभसा बैठकको दुई तिहाई बहुमतभन्दा बढी हो ।

प्रदेश सभामा रहेका कुल १०४ जना सांसद सङ्ख्याको दुई तिहाइ मत भएकाले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ बहुमतले पारित भएको हो । जनकपुरधामको प्रस्ताव पारित भएपछि राजधानीको अन्य प्रस्ताव स्वतः अस्वीकृत भएको छ । राजधानी जनकपुरधामको विपक्षमा २१ मत खसेको थियो ।

यसअघि सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम गरेको थियो । राजधानी जनकपुरधामको क्षेत्र उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा तोक्न प्रस्ताव गरिएको थियो ।