अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति’को नयाँ शाखा दरवारमार्गमा - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति’को नयाँ शाखा दरवारमार्गमा


काठमाडौ । अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’को २७औं शाखा काठमाडौंको दरवारमार्ग स्थित दरवार मलको पहिलो तल्लामा शुरु भएको छ ।

सलुनको नेपाल उद्योग बाणिज्य संघको पूर्वअध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै)ले उद्घाटन गरेका छन् । नेपालको १०औं शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर,पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सन्चालक सरु थापाले बताइन् ।

सलुनको नयाँ शाखा १४ सय बर्गफिट फराकिलो रहेको छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रबिधि सुरु गरिएको सलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।

ब्यवसायीहरु सरु थापा, दुर्गा प्रसाद सुबेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संबेदनसिलतामा ख्याल गर्दै बिश्व बिख्यात सौर्न्दर्य प्रसाधनको प्रयोग गरिने सन्चालकको दावी छ । २२ बर्ष अगाडी चितवनकी शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सलुनको सुरुवात गरेकी हुन् ।