निर्वाचन मिति घोषण भएकै दिन आयोगले थाल्यो प्रक्रिया - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

निर्वाचन मिति घोषण भएकै दिन आयोगले थाल्यो प्रक्रिया


काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सञ्चासञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

निर्वाचन आयोगले केही समयअघि दिएको परामर्शअनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो । निर्वाचन घोषणा भएकै दिन आयोगले काम पनि शुरु गरेको छ । आयोगले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, यातायातका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया शुरु गरेको छ ।

सरकारले आगामी वैशाख ३० गते सम्पन्न गर्नेगरी चुनावको मिति घोषणा गरेकै दिन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्निचरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको हो ।