धेरैजसो मन्त्रीहरुले उद्योगी व्यवसायीलाई राम्रोसँग बुझ्नै सकेनन् : पद्म ज्योति (भिडियो अन्तरवार्ता) - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

धेरैजसो मन्त्रीहरुले उद्योगी व्यवसायीलाई राम्रोसँग बुझ्नै सकेनन् : पद्म ज्योति (भिडियो अन्तरवार्ता)


काठमाडौं । पद्म ज्योति प्रतिष्ठित ज्योति घरानाको नेतृत्व तहमा छन् । आफ्ना पिता मणिहर्ष ज्योतिको मार्गदर्शन अनुसार उनी निरन्तर व्यापार व्यवसायमा छन् । ज्योति ग्रुपका अध्यक्ष समेत रहेका उनी व्यवसायमा नैतिक मूल्य र मान्यताका पक्षधर हुन ।

नेपालमा पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या भनेको कोभिड पहिलो कारण भएको उनको बुझाइ छ । कोभिड र विनाशकारी महाभूकम्पका कारण नेपालको अर्थतन्त्रमा समस्या देखिएपनि सरकारमा रहेका व्यक्तिहरुमा सामूहिकताको भावना नहुँदा पनि समस्या आउने गरेको उनको धारणा छ ।

अर्थतन्त्र चलायमान राख्न सामूहिक एकताको भावना, संवाद र छलफल जरुरी रहेको बताउँदै उनले नेपालको आर्थिक नीति राम्रो हुँदाहुँदै पनि प्रक्रियागत रुपमा झन्झटिलो रहेको बताउँछन् । नेपालका अर्थमन्त्रीहरुमा सबै कुरा आफैं जानकार रहेको, धेरै पढेको छु भन्ने किसिमको, कोही अर्थमन्त्री विषयबस्तुका बारेमा केही थाहा नै नभएको, कसैको कुरा नसुन्ने साथै कोही भने सल्लाह माग्ने र कार्यान्वयनमा ल्याउनेलगायत बेग्लाबेग्लै टाउका भएका मन्त्रीहरु रहेको औंल्याउँछन् । मन्त्रीहरुले उद्योगी व्यवसायीहरुलाई राम्रोसँग बुझ्न नसकेको उनको भनाइ छ ।